२०८३, आश्विन १ गते

Sep 17 2026

असोज १८ गतेको बाढीबाट बीमा कम्पनीमा पर्‍यो तीन अर्ब बढीको दाबी

असोज १८ गतेको बाढीबाट बीमा कम्पनीमा पर्‍यो तीन अर्ब बढीको दाबी

शुक्रवार, कार्तिक १ २०८२
शुक्रवार, कार्तिक १ २०८२
  • काठमाडौं ।  गत असोज १८ गतेको अविरल वर्षा र त्यसपछि आएको बाढी पहिरोबाट तीन अर्ब बढी रकमको क्षति भएको भन्दै बीमा कम्पनीमा दाबी परेको छ। 

    बीमा प्राधिकरणले शुक्रबार प्रकाशित गरेको तथ्यांक अनुसार बाढी र पहिरोबाट गएको क्षतिको कारण तीन अर्ब २६ करोड ७६ लाख रूपैयाँ बराबरको दाबी परेको हो। असोज ३० गतेसम्म यस्तो दाबी परेको हो। 

    सम्पत्ति बीमामा ३ सय ६४ वटा दाबी परेको छ। यसमा दुई अर्ब ७० करोड रूपैयाँ बराबरको दाबी परेको हो। 

    इन्जिनियरिङ तथा ठेकेदारी काममा ४८ करोड रूपैयाँ बराबर जोखिम भएको भन्दै ८७ वटा दाबी परेको छ। 

    कृषि तथा बाली बीमामा दुई सय सात वटा दाबी परेको छ। यो क्षेत्रबाट चार करोड ३२ लाख रूपैयाँको दाबी परेको हो। 

    त्यस्तै, ३३ वटा निजी मोटरमा क्षति पुगेको भन्दै दुई करोड ५२ लाख रूपैयाँको दाबी परेको हो। १२ लाख रूपैयाँ बराबरको क्षति भएको भन्दै अन्य दुई वटा बीमा दाबी परेको छ। 

    शिखर इन्सुरेन्स कम्पनीमा सबैभन्दा धेरै ६० करोड ९४ लाख रूपैयाँको दाबी परेको छ। त्यस्तै, सिद्धार्थ प्रिमियरमा ५० करोड ६४ लाख रूपैयाँ, एनएलजी इन्सुरेन्समा ५० करोड ४७ लाख रूपैयाँ, हिमालयन एभरेष्टमा ३७ करोड पाँच लाख रूपैयाँको दाबी परेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij