२०८३, आश्विन १ गते

Sep 17 2026

सोफा हब काठमाडौले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणा

सोफा हब काठमाडौले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणा

मंगलवार, कार्तिक १९ २०८२
मंगलवार, कार्तिक १९ २०८२
  • काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो सोफा तथा फर्निचर कम्पनी सोफा हब काठमाडौले दशैं तिहार झड्का अफर योजनाको विजेता घोषणा गरेको छ।

    समस्त नेपालीहरुको महान चाड २०८२ सालको दशैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसँग पर्वको खुशी साट्न सोफा वा अन्य फर्निचरका सामान खरिद गर्ने ग्राहक मध्ये १० जना भाग्यशालीले निःशुल्क थाइल्यान्ड भ्रमण उपहार योजनाको मंगलबार नतिजा सार्वजनिक गरेको छ ।

    ‘लक्की ड्र’को नतिजा अनुसार विजेता हुनेहरूमा लक्ष्मी नेपाली, अर्जुन जोशी, विनोद लोध, प्रतीक्षा विक, कुशुम कला गणेश, बिनोद गुरुङ, जमुना केसी, गोमा लामिछाने, टम बहादुर सुनार र माधव प्रसाद दुलाल रहेका छन् ।

    उक्त अवसरमा कम्पनीका अध्यक्ष तथा सीईओ तारालाल धरेलले सम्पूर्ण विजेताहरूलाई हार्दिक बधाई एवम् योजनामा सहभागीहरू सबैलाई विशेष धन्यवाद ज्ञापन गर्दै योजनामा ग्राहकहरूको उल्लेख्य सहभागिताले आफू लगायत कम्पनीलाई नै हर्षित बनाएको बताए । साथै उनले आगामी दिनहरूमा सोफा हब काठमाडौले विभिन्न सुविधासहितको ग्राहकमुखी योजनाहरू लिएर ग्राहकहरू माझ आइरहने प्रतिबद्धता समेत व्यक्त गरे ।

    स्थापना कालदेखि नै गुणस्तरीय सामग्री, दीर्घकालीन टिकाउपन, आधुनिक डिजाइन र उत्कृष्ट ग्राहक सेवाका कारण सोफा हब काठमाडौं उपभोक्तामाझ नेपालकै विश्वासिलो ब्रान्ड बनेको छ।

    देशभर हजारौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको यस कम्पनीले उत्पादनमा प्रयोग हुने कच्चा पदार्थदेखि लिएर डिजाइन र मर्मतसम्म उच्चतम मापदण्ड पालना गर्दै आएको जनाएको छ। नेपालभर कम्पनीको १० वटा शाखा सञ्चालनमा रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij