२०८३, आश्विन १ गते

Sep 17 2026

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

पोखरामा फेवा नववर्ष महोत्सव शुरु

रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
रोज नेपाल
सोमवार, चैत्र ३० २०८२
  • काठमाण्डौ । पोखरामा फेवा नववर्ष महोत्सव शुरु भएको छ ।  पोखराको लेकसाइडमा २१ औँ संस्करणको पर्यटन, संस्कृति र खानालाई प्रवद्र्धन गर्दै आन्तरिक पर्यटनको विकासको लक्ष्यका साथ आइतबारदेखि महोत्सव शुरु भएको हो ।

    महोत्सव मंगलबारसम्म चल्ने आयोजक होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए  । महोत्सव उद्घाटनका अवसरमा सातै प्रदेशका सांस्कृतिक नाचहरू प्रस्तुत गरिएको थियो ।

    आज खहरेबाट दुलही लिन अम्बोट पुग्ने गरी पञ्चैबाजाको रमाइलो प्रतियोगिता राखिएको छ । यसमा १५ पञ्चैबाजा समूहले भाग लिएको अध्यक्ष सुवेदीले बताए   । लेकसाइडका सेन्टर प्वाइन्ट, गौरीघाट र अम्बोटका हरेक चौतारामा सांस्कृतिक कार्यक्रम र पञ्चै बाजा प्रतियोगिताका क्रममा खहरेमा रत्यौलीको कार्यक्रम पनि समावेश हुने बताईएको छ ।

    पर्यटक दौड प्रतियोगिता पनि महोत्सवमा समावेश हुने सङ्घले जनाएको छ ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij