२०८३, आश्विन १ गते

Sep 17 2026

केनको दुई गोलमा बार्यन क्वार्टरफाइनलमा, पीएसजीसँग भिडन्त

केनको दुई गोलमा बार्यन क्वार्टरफाइनलमा, पीएसजीसँग भिडन्त

रोज नेपाल
सोमवार, आषाढ १६ २०८२
रोज नेपाल
सोमवार, आषाढ १६ २०८२
  • मियामी । इङ्ल्यान्डका कप्तान ह्यारी केनले यस सिजन आफ्ना ४०औं र ४१औं गोल गर्दै बायर्न म्युनिखलाई क्लब विश्वकपको क्वार्टरफाइनलमा पुर्‍याएका छन्।

    बायर्नले ब्राजिलियन क्लब फ्लामेङ्गोसँगको रोमाञ्चक खेल ४-२ ले जितेको हो। ११ खेल लामो अपराजित यात्रामा रहेको फ्लामेङ्गो खेलको सुरुवातमै दबाबमा परेको थियो। खेलको छैटौँ मिनेटमा चिलीका मिडफिल्डर एरिक पुल्गरले जोशुआ किम्मिचको कर्नर बललाई आफ्नै पोस्टमा डिफ्लेक्ट गरेपछि बायर्नले अग्रता लिएको थियो।

    त्यसको तीन मिनेटमै दायोट उपामेकानोले फ्लामेङ्गोका जिओर्जियन डे अऱास्काएटासँग बल खोसेर अघि बढाएका थिए । त्यसपछि केनले बललाई जाली चुमाउँदै स्कोर २-० बनाए। पहिलो हाफ सकिन १२ मिनेट बाँकी रहँदा गेरसनले म्यानुएल नोयरलाई शक्तिशाली प्रहारमार्फत छक्याउँदै गर्दै फ्लामेङ्गोलाई खेलमा फर्काउने संकेत दिए।

    तर त्यसको केही समयपछि लियोन गोरेट्स्काले लामो प्रहार गर्दै गोल गरे । दोस्रो हाफको सुरुवातमै माइकल ओलिसेले डिबक्सभित्र डे अरास्काएटाको प्रहारलाई हातले छोएपछि पेनाल्टी दिइएको थियो, जसलाई जर्जिन्होले सजिलै गोलमा परिणत गर्दै स्कोर ३-२ बनाए। तर ७२ औं मिनेटमा ह्यारी केनले पुनः उत्कृष्ट गोल गर्दै बायर्नको जित पक्का गरे। अब बायर्न म्युनिखले क्लब विश्वकपको क्वार्टरफाइनलमा युरोपियन च्याम्पियन पेरिस सेन्ट-जर्मेनसँग खेल्नेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij