२०८३, आश्विन १ गते

Sep 17 2026

नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

नेपाल कम्युनिष्ट पार्टीको ७७औँ स्थापना दिवस आज

रोज नेपाल
बुधवार, बैशाख ९ २०८३
रोज नेपाल
बुधवार, बैशाख ९ २०८३
  • काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ ।

    नेपाली कम्युनिष्ट पार्टीले २२ अप्रिल, नेपालमा नेकपा  स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडांडामा 
    दिउँसो १ बजे कार्यक्रमको आयोजना गरेको छ भने  नेकपा एमाले २ बजे च्यासलमा  कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन् ।

    नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने गरिन्छ ।

    जहानियाँ राणा शासनकै समयमा २००६ वैशाख ९ गते पुष्पलाल श्रेष्ठको अगुवाइमा नरबहादुर कर्माचार्य, निरन्जन गोविन्द वैद्य, नारायण विलास जोशीलगायतले नेपालमा पहिलोपल्ट नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

    स्थापनाको ८ दशक पुग्न लाग्दा पटक–पटक कम्युनिस्टले नेपालमा शासनसत्ता चलाएका छन् । २०४६ को जनआन्दोलनपछि कम्युनिस्ट आन्दोलनले गति पाएको थियो । श्रृंखलावद्ध टुटफुट र सत्ताकेन्द्रित राजनीतिले नेपालमा कम्युनिष्ट आन्दोलन धरापमा परेको टिप्पणी हुँदै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij