२०८३, आश्विन १ गते

Sep 17 2026

सडक दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

सडक दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

आइतवार, भाद्र ८ २०८२
आइतवार, भाद्र ८ २०८२
  • काठमाडौँ ।  मकवानपुरको हेटौंडामा शनिबार साँझ सडक दुर्घटनामा एक महिलनाको मृत्यु भएको छ ।

    हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरस्थित पूर्व–पश्चिम सडकखण्डमा रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

     

    दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार वीरगञ्ज महानगरपालिका–१३, मुर्ली बस्ने वर्ष ४३ की कविता जोशी श्रेष्ठको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारकै क्रममा साँझ करिब ५ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

    दुर्घटनामा उनको श्रीमान मोटरसाइकल चालक वर्ष ४८ का प्रविण श्रेष्ठ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    मृतक जोशी हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको ना.७ ख ५०१० नम्बरको यात्रुवाहक बसमा समेत ठोक्किएकी थिइन् ।

    दुवै मोटरसाइकल, दुर्घटनामा संलग्न बस तथा बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij