२०८३, आश्विन १ गते

Sep 17 2026

दमकमा अन्तरास्ट्रिय स्तरको 'खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव' हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

दमकमा अन्तरास्ट्रिय स्तरको 'खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव' हुदै, विश्वका ४५ देशका सेफ दमक आउदै

बिहिवार, बैशाख १० २०८३
बिहिवार, बैशाख १० २०८३
  •  दमक/ नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली खानपानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ झापाको दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ आयोजना हुने भएको छ।

    बुधबार दमकमा आयोजित एक पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाहरूले आगामी २०८३ साल जेठ १ र २ गते सो कार्यक्रम सञ्चालन हुने जानकारी दिएका हुन्। नेपाली सेफ सोसाइटी, इन्टरनेशनल सेफ सोसाइटी, र युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो ।

    "नेपाली खानाको स्तर उन्नतिका लागि हाम्रो अभियान" पत्रकार सम्मेलनमा बोल्दै आयोजक इन्टरनेशनल सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र स्थानीय पर्यटनलाई टेवा पुर्याउन यो महोत्सव कोसेढुङ्गा सावित हुने बताए।

    कार्यक्रमको मूल नारा "नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नतिका लागि हाम्रो अभियान" तय गरिएको वहाँको भनाइ छ । दुई दिनसम्म चल्ने यस महोत्सवमा विभिन्न परिकारका स्टलहरू राखिनुका साथै उत्कृष्ट सेफहरूलाई पुरस्कृत समेत गरिने इन्टरनेशनल सेफ सोसाइटीका महासचिब दिपक कार्कीले बताउनु भयो ।

    यहाँ बिस्वका बिभिन्न देशमा रहेका नेपाली सेफहरु दमक आउनेक्रम सुरु भएको छ । अन्तर्राष्ट्रिय सेफहरु समेत कार्यक्रममा आउने जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij