२०८३, आश्विन १ गते

Sep 17 2026

हिरासतमा युवकको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन

हिरासतमा युवकको मृत्युबारे निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन

रोज नेपाल
शनिवार, बैशाख १२ २०८३
रोज नेपाल
शनिवार, बैशाख १२ २०८३
  • काठमाडौं।  सिन्धुलीको हिरासतमा एक युवकको मृत्यु भएको घटनाको विरोधमा राजधानीमा प्रदर्शन गरिएको छ। माइतीघर मण्डलामा शनिबार संयुक्त राजनीतिक दलित संघर्ष समितिको अगुवाइमा धर्ना तथा प्रदर्शन गरिएको हो।

    सुनकोशी गाउँपालिका–३ का २३ वर्षीय श्रीकृष्ण विक को गत वैशाख ७ गते इलाका प्रहरी कार्यालय खुर्कोट को हिरासतमा मृत्यु भएको घटनाको निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरिएको हो। 

    परिवारका अनुसार अन्तरजातीय प्रेमविवाहपछि केटी पक्षले जबरजस्ती करणीको मुद्दा दर्ता गराएपछि श्रीकृष्णलाई पक्राउ गरिएको थियो। पीडित पक्षले उनलाई झुटा आरोपमा फसाइएको दाबी गर्दै हिरासतभित्र भएको मृत्यु स्वीकार्य नभएको बताएका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij