२०८३, आश्विन १ गते

Sep 17 2026

बनेपा–साँगा सडक हिलाम्मे, यात्रु र सवारी चालकको दैनिक दुःख”

बनेपा–साँगा सडक हिलाम्मे, यात्रु र सवारी चालकको दैनिक दुःख”

आइतवार, बैशाख १३ २०८३
आइतवार, बैशाख १३ २०८३
  • काभ्रे | बनेपा क्षेत्रमा लगातारको वर्षासँगै सडकको दुरवस्था चरम सीमामा पुगेको छ। धुलिखेल–बनेपा–साँगा हुँदै काठमाडौं जोड्ने मुख्य सडक अहिले हिलाम्मे र जोखिमपूर्ण बनेपछि सवारी साधन सञ्चालन र पैदल यात्रु दुबैलाई सास्ती खेप्न बाध्य बनाएको छ।

    सडक विस्तारको नाममा लामो समयदेखि खनेर छाडिएको बाटो वर्षासँगै दलदलमा परिणत हुँदा दैनिक यात्रा कष्टकर मात्रै होइन, खतरनाक समेत बनेको छ। ठूला सवारी साधनहरू हिलोमा फस्ने, एकातिर ढल्किने र दुर्घटनाको जोखिम बढ्दै गएको देखिन्छ भने मोटरसाइकल चालकहरू सन्तुलन गुमाएर लड्ने अवस्था सामान्य जस्तै भइसकेको छ।

    स्थानीयवासीहरूका अनुसार वर्षौंदेखि निर्माणाधीन सडकले विकासको अनुभूति दिनुको सट्टा दुःख थपिरहेको छ। “सडक बन्ने आशामा सह्यौं, तर अहिले त हिँड्नै नसकिने भयो,” एक स्थानीयले आक्रोश पोखे।

    धुलो र हिलोको दोहोरो मारले स्वास्थ्यमा समेत असर पारिरहेको छ। घाम लाग्दा धुलोले सास्ती, पानी परेपछि हिलोले हैरानी—यही दैनिकी बनेको छ यहाँका बासिन्दा र यात्रुहरूको।

    सम्बन्धित निकायको ढिलासुस्ती र कमजोर व्यवस्थापनप्रति स्थानीयको असन्तुष्टि बढ्दो छ। तत्काल प्रभावकारी कदम चालेर सडक सुधार नगरे अझ ठूलो दुर्घटना निम्तिने खतरा देखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij