२०८३, आश्विन १ गते

Sep 17 2026

उदयपुरमा माछा मार्ने क्रममा सुनकोशी नदीमा बेपत्ता पुरुष मृत फेला

उदयपुरमा माछा मार्ने क्रममा सुनकोशी नदीमा बेपत्ता पुरुष मृत फेला

रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
रोज नेपाल
सोमवार, बैशाख १४ २०८३
  • उदयपुर । उदयपुरमा माछा मार्ने क्रममा सुनकोशी नदीमा डुबेर बेपत्ता भएका एक पुरुष मृत फेला परेका छन्। लिम्चुङबुङ गाउँपालिका–५, चौलानेका वर्ष ५१ का रामशेर राई आइतबार मृत फेला परेका हुन्।


    जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाका अनुसार मृत फेला परेका राई पाँच दिनअघि बेपत्ता भएका थिए।

    गाउँमा अन्य आठजनासहित सुनकोशी नदीमा माछा मार्न जाने क्रममा लिम्चुङबुङ गाउँपालिका–४, सानरलुङस्थित सुनकोशी नदीबाट बेपत्ता भएपछि प्रहरीको टोलीले खोजतलास गर्दा रौतामाई गाउँपालिका–३, भदौरेकिनारमा शव फेला परेको थापाको भनाइ छ।

    मृतकको शव फेला परेपछि कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल उदयपुरमा ल्याइएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij