२०८३, आश्विन १ गते

Sep 17 2026

परामर्श विना जिम्मेवारी तोकीएको भन्दै नेकपाका नेता भीम रावलको आपत्ति

परामर्श विना जिम्मेवारी तोकीएको भन्दै नेकपाका नेता भीम रावलको आपत्ति

रोज नेपाल
मंगलवार, बैशाख १५ २०८३
रोज नेपाल
मंगलवार, बैशाख १५ २०८३
  • काठमाडौं । आफूसँग कुनै परामर्श नगरी जिम्मेवारी तोकीएको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले आपत्ति जनाएका छन् । 
    उनले कार्यविभाजनमा आफूलाई सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकिएकोमा आपत्ति जनाएका हुन् । 

    सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबैजसो प्रदेशमा युवा पुस्तालाई इन्चार्जको जिम्मेवारी दिइँदा सुदूरपश्चिम प्रदेशमा मात्र बुढा पुस्तालाई जिम्मेवारी दिइनु अलि मिलेन । त्यहाँ पनि युवा पुस्तालाई नै इन्चार्जको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।’

    पार्टीले प्रदेशस्तरीय इन्चार्ज र संयोजकहरूको जिम्मेवारी बाँडफाँट गर्दा सुदूरपश्चिममा युवा नेतृत्वलाई प्राथमिकता नदिएको भन्दै उनले आपत्ति जनाएका हुन् । 

     पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकले ७ भूगोल प्रदेश र २ गैर भौगोलिक प्रदेशमा इन्चार्ज र संयोजकहरू हिजो मङ्गलवार टुङ्गो लगाएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij