२०८३, आश्विन १ गते

Sep 17 2026

एमाले नेता महर पक्राउ

एमाले नेता महर पक्राउ

बुधवार, भाद्र ११ २०८२
बुधवार, भाद्र ११ २०८२
  • काठमाडौं । एमाले नेता ऐन महर पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौैंको पक्राउ पुर्जीको आधारमा महरलाई अनुसन्धानका लागि बुधबार पक्राउ गरिएको हो । उनीविरुद्ध विद्युतीय अपराधको उजुरी दर्ता भएको थियो ।

    बझाङ निवासी रश्मिला धामीले गालीबेइज्जती तथा चरित्र हत्यासम्बन्धी दिएको जाहेरीका आधारमा जिल्ला अदालत काठमाडौंले भदौ ९ मा पक्राउ पुर्जी जारी गरेको थियो ।

    प्रहरीको साइबर ब्युरोले महरलाई पक्राउ गरेको हो । उनलाई म्याद थपका लागि आजै अदालत पेस गरिँदैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij