२०८३, आश्विन १ गते

Sep 17 2026

सोमबार बनाइएका डाइभर्सन बाढिले बगायो बिपी राजमार्ग अवरुद्ध

सोमबार बनाइएका डाइभर्सन बाढिले बगायो बिपी राजमार्ग अवरुद्ध

रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
रोज नेपाल
बुधवार, बैशाख १६ २०८३
  •  काभ्रे। सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुन: अवरुद्ध भएको हो ।

    अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुन: पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुन: अवरुद्ध भएको हो ।

    इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको जानकारी दिए ।

    बीपी राजमार्गका विभिन्न स्थानमा डाइभर्सन बगाएका कारण काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलीखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सवारी साधन होल्ड अवस्थामा राखिएको छ ।

    धुलिखेलका रोकिएका गाडीलाई चरिकोट हुँदै पठाइसकिएको प्रहरीले जनाएको छ । मङ्गलटारमा होल्ड भएका ४ वटा ईभी गाडीका १६ जना यात्रुलाई तेमालको सडक हुँदै धुलिखेलतर्फ पठाउने तयारी छ ।

    बीपी राजमार्ग हुँदै यात्रा गर्ने योजना बनाएका यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सडकबारे जानकारी लिनुपरेमा नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बमा सम्पर्क गर्न पनि भनिएको छ 

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij