२०८३, आश्विन १ गते

Sep 17 2026

आज २५७०औँ बुद्ध जयन्ती, “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” अझ बढी सान्दर्भिक

आज २५७०औँ बुद्ध जयन्ती, “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” अझ बढी सान्दर्भिक

रोज नेपाल
शुक्रवार, बैशाख १८ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख १८ २०८३
  • काठमाडौं। ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्ने कालजयी सन्देशका वाहक, शान्तिका अग्रदूत गौतम बुद्धको २५७०औं जयन्ती आज देशभर विविध कार्यक्रम गरी मनाइँदै छ।

    शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ ।

    प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।

    शान्तिका अग्रदूत सिद्धार्थ गौतमको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एउटै तिथिमा परेकाले यो दिन बौद्ध धर्मावलम्बीका लागि विशेष महत्व राख्दछ । वैशाख पूर्णिमाको दिनलाई मानव सभ्यताको इतिहासमा एक अद्वितीय क्षणका रूपमा लिइन्छ ।
     बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।

    यसै दिन लुम्बिनीमा राजकुमारका रूपमा जन्मिएका गौतम बुद्धले जीवनको गहिरो अर्थ खोज्दै अन्ततः ज्ञान प्राप्त गरी विश्वलाई अहिंसा, शान्ति र करुणाको मार्ग देखाएका थिए । ‘अहिंसा नै शान्तिको आधार हो’ भन्ने उनका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन् ।

    नेपालमा बुद्ध जयन्तीका अवसरमा विहार, गुम्बा, चैत्य र स्तूपहरूमा भक्तजनको उपस्थिति देखिएको छ । विशेष गरी लुम्बिनी, स्वयम्भूनाथ स्तूप र बौद्धनाथ स्तूप क्षेत्रमा विशेष पूजा, दीप प्रज्वलन, धर्मदेशना र शान्ति यात्राको आयोजना गरिन्छ ।

    लामा तथा बौद्ध धर्मगुरुहरूले बुद्धका शिक्षामाथि प्रवचन दिँदै मानव जीवनमा नैतिकता र सहिष्णुताको महत्वबारे स्मरण गराइरहेका छन् । इतिहासअनुसार, ईसा पूर्व ५६३ मा रुपन्देहीको लुम्बिनी उद्यानमा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा जन्मिएका गौतम बुद्ध राजकीय सुख सुविधाबीच हुर्किएका थिए ।

    तर, जीवनका यथार्थ ९रोग, बुढ्यौली र मृत्यु०सँग साक्षात्कार भएपछि उनी भित्र गहिरो चिन्ता उत्पन्न भयो । यही चिन्ताले उनलाई २९ वर्षको उमेरमा राजदरबार त्याग्न प्रेरित गर्‍यो ।

    दरबार छोडेपछि उनले कठोर तपस्या र ध्यानमार्फत जीवनको सत्य खोज्ने प्रयास गरे । अन्ततः बोधगयामा ज्ञान प्राप्त गरेपछि उनी ‘बुद्ध’ अर्थात् ‘जागृत’ बने । त्यसपछि उनले जीवनभर मानवताका लागि दुःखको कारण र त्यसबाट मुक्ति पाउने मार्गबारे शिक्षा दिए ।

    बुद्ध जयन्ती धार्मिक पर्व मात्र नभएर मानवता, शान्ति र सहअस्तित्वको सन्देश बोकेको दिवस पनि हो । बुद्धका शिक्षालाई आत्मसात गर्दै समाजमा हिंसा, द्वेष र असहिष्णुताको अन्त्य गर्नुपर्ने आवश्यकता छ ।

    विश्वभर बढ्दो द्वन्द्व र अस्थिरताबीच बुद्धको शान्तिको सन्देश अझै सशक्त र आवश्यक देखिएको छ । यही सन्देशलाई आत्मसात गर्दै मनाइने बुद्ध जयन्तीले मानव समाजलाई सहिष्णुता, सद्भाव र सहअस्तित्वतर्फ अग्रसर गराउने विश्वास गरिन्छ ।
     रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । राजकुमारका रूपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित भए । २९ वर्षको उमेरमा दरबार छोडी तपस्याका लागि निस्किए ।


    सिद्धार्थ गौतमदेखि ‘बुद्ध’ सम्मको यात्रा

    आजभन्दा २५७० वर्षअघि ९इसापूर्व ५६३० रुपन्देहीको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको कोखबाट राजकुमार सिद्धार्थ गौतमको जन्म भएको थियो।

    राजसी सुखसुविधामा हुर्किए पनि मानिसले भोग्नुपरेका रोग, बुढ्यौली र मृत्युजस्ता दुःख देखेर विरक्तिएका सिद्धार्थ २९ वर्षको उमेरमा सत्य र शान्तिको खोजीमा दरबार त्यागेर गृहत्याग गरी तपस्यामा निस्किएका थिए।

    लामो कठोर तपस्यापछि उनले गया ९वर्तमान भारतको बोधगया० मा बुद्धत्व अर्थात् ‘ज्ञान’ प्राप्त गरे र संसारलाई ‘पञ्चशील’ को शिक्षा दिए।

    बुद्धका सन्देश र वर्तमान सान्दर्भिकता

    हिंसा, द्वन्द्व र अशान्तिले आक्रान्त वर्तमान विश्वमा बुद्धका सन्देशहरू अझ बढी सान्दर्भिक बनेका छन्। “मनको शान्ति नै विश्व शान्तिको मार्ग हो” भन्ने उनको दर्शनले व्यक्ति, समाज र राष्ट्रलाई एकताबद्ध बनाउन मद्दत पुर्‍याउँछ।

    बुद्ध जयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने देशका विभिन्न स्थानमा दीप प्रज्वलन, रक्तदान, फलफूल वितरण र शान्ति पदयात्रा जस्ता कार्यक्रमहरू पनि आयोजना गरिएका छन्।
    बुद्धका सन्देश र वर्तमान सान्दर्भिकता


    लुम्बिनीमा विशेष कार्यक्रम
     बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ ।
    दिवसका अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा आज विशेष कार्यक्रम आयोजना गरिएको छ । विश्वभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीमा बुद्ध जयन्ती मनाउनका लागि लागि भव्य तयारी गरिएको छ ।

    बुद्ध जन्मस्थल लुम्बिनीलाई सिँगारिएको छ । मायादेवी मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी र वरपरका क्षेत्रहरूलाई रङ्गीबिरङ्गी बत्तीहरूले झिलीमिली पारिएको छ । विभिन्न बौद्ध स्तूपाहरू र विहारहरूलाई पनि आकर्षक ढङ्गले सजाइएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्तीलाई लक्षित गरी विशेष सरसफाइ अभियान चलाएको थियो, जसले गर्दा अहिले लुम्बिनी क्षेत्र स्वच्छ र सुन्दर देखिएको छ ।
    लुम्बिनीमा विशेष पूजाआजा, प्रार्थना र शान्ति र्‍यालीको आयोजना गरिएको छ । मूल कार्यक्रममा प्रधानमन्त्री बालेन शाहलाई निम्तो गरिए पनि उनी नगएर  सभामुख  डोलप्रसाद अर्याल  विशिष्ट अतिथिका रूपमा आउने कार्यक्रम तय भएको छ ।

    दिवस मनाउन देश तथा विदेशबाट हजारौँ श्रद्धालु भक्तजनहरू लुम्बिनीमा भेला भएका छन् । श्रद्धालुहरुको सुरक्षा व्यवस्थालाई पनि कडा पारिएको छ । भक्तजनहरूले शान्तिपूर्ण वातावरणमा बुद्ध जयन्ती मनाउन सक्ने सम्पूर्ण व्यवस्था मिलाइएको छ।

    लुम्बिनी विकास कोषका अनुसार बुद्ध जयन्तीको मुख्य समारोह अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा  हुनेछ । यस वर्षको बुद्ध जयन्तीले विश्वमा भइरहेको युद्धमा शान्ति र भाइचाराको सन्देश दिने अपेक्षा गरिएको छ ।

    त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरू

    बुद्धका सबै शिक्षा र उपदेशहरूको सङ्ग्रहलाई त्रिपिटक भनिन्छ ।

    त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू सङ्गृहीत छन् । बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतितय–समुत्पाद हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई हिन्दु धर्मावलम्बीहरूले भगवान् विष्णुका दश अवतारहरूमध्ये एक अवतार मान्छन् । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ । बुद्ध नेपाल भूमिमा जन्मिएको हुँदा बुद्ध जयन्तीका अवसरमा नेपाल सरकारले बर्सेनि सार्वजनिक बिदा दिँदै आएको छ ।

    बुद्ध भन्नाले बोधी प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । उत्तर कोरियाले अशान्त भएर संसारतर्फ क्षेप्यास्त्र तेरस्याईरहँदा, रङ्ग, सम्पत्ति, भाषा र भूगोलका आधारमा विभेद भइरहँदा बुद्धको दर्शनले शान्तिको शान्तिपूर्ण वकालत गरिरहेको छ । बुद्धका ज्ञानलाई आत्मसात् गरे मात्र पनि पृथ्वी गज्जबको ग्रह हुनेछ । संसारलाई अर्को बुद्ध चाहिएको छ, फर्की आऊ शाक्यमुनि, शान्तिको सन्देश लिएर आऊ है । बुद्ध जयन्तीले नेपाली समाजमा धार्मिक सहिष्णुता, भ्रातृत्व र आपसी मेलमिलापको भावनालाई अझ मजबुत बनाओस। बुद्ध जयन्तीको शुभकामना ।

     

     

     

     

     

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij