काभ्रे। बनेपामा , प्रत्येक बर्षको वैशाख महिनाको पूर्णिमामा चण्डेश्वरी जात्रा मनाइदै आइन्छ यसपालि पनि धुमधामले मनाइँदैछ। मानिसहरूको चाप उत्तिकै र परम्परा रीतिरिवाज सांस्कृतिक जोगाउन तिर लागेका पुजारी स्थानीय बासीहरू बडो उत्साहको सहित जात्रा मनाइरहेका छन् ।
चण्डेश्वरी जात्रा मुख्यतय तीन दिन मनाइन्छ। पहिलो दिन बिहानी पख २ बजेतिर दिव्य प्रज्वलन गर्दै मन्दिर प्राङ्गणभित्र लगि बत्ती सेलाइन्छ, रथ तयार पारिन्छ। दोस्रो दिन बनेपा लाइक्यु अगाडिबाट रथ यात्रा गराउँदै चण्डेश्वरी मन्दिर प्राङ्गण भित्र पुर्याइन्छ। र तेस्रो दिन पूर्णतय रथ लाइक्यु मै ल्याइन्छ ।
चण्डेश्वरी माईलाई खुसी बनाउन सके बनेपा बासीहरूमा राम्रो हुने त्यहाँका एक स्थानीय पुजारी ले बताए जात्रा हेर्न टाढा टाढादेखि मानिसहरू को घुइँचो लाग्ने गर्छ। चनेश्वरी मन्दिरमा यस दिन चण्डेश्वरी माई सँग मन्दिरमा वरदान याचना गरे पुरा हुने पनि पुजारीले बताए।