२०८३, आश्विन १ गते

Sep 17 2026

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
रोज नेपाल
सोमवार, बैशाख २१ २०८३
  • काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद बैठक बोलाएका छन्। सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाइएको हो।  


    हरेक साताको सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने गरेको छ। 

    आजको मन्त्रिपरिषद् बैठकमा मन्त्रालय मर्ज र खारेजका सम्बन्धमा छलफल हुने सम्भावना छ। सरकारले केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर मन्त्रालयको नयाँ नाम कायम गर्ने तयारी गरिरहेको छ। 

    आजको बैठकमा सरकारको सयबुँदे कार्ययोजना सम्बन्धमा छलफल हुने बताइएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij