काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा तीन सय रुपैयाँले घटेर दुई लाख ९४ हजार आठ सय रुपैयाँमा बजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबारे, सुन तोलामा दुई लाख ९५ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मुल्य भने बढेको छ । सोमवार चाँदी तोलामा ८५ रुपैयाँले बढेर पाँच हजार ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो आइतबार चाँदी तोलामा ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।