२०८३, आश्विन १ गते

Sep 17 2026

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ

रोज नेपाल
मंगलवार, बैशाख २२ २०८३
रोज नेपाल
मंगलवार, बैशाख २२ २०८३
  • काठमाडौं । स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ परेका छन्।

    केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अध्यक्ष जोशीलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको एसएसपी शिवकुमार श्रेष्ठले जानकारी दिए।

    हाल स्मार्ट टेलिकम बन्द रहेको छ । नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतरद्द भएको थियो ।

    अनुमतिपत्र रद्द भएपछि त्यसको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जालको हक प्राधिकरणले नियन्त्रणमा लिएको थियो।

    सरकारको स्वामित्वमा आइसकेको टेलिकमको सम्पत्तिमा बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्धेश्यका साथ काम गरेको पाइएपछि जोशीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij