काठमाडौं । सिन्धुपाल्चोकमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा (एमाले) का जिम्मेवार नेताहरू बिहीबार पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको समाचारले सामाजिक सन्जाल निकै तातिरहेको छ ।
काठमाडौंको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा एमालेका प्रदेश तथा जिल्ला तहमा महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू इश्वरी प्रसाद श्रेष्ठ, विष्णु लामा, सिताराम गिरी,राष्ट्रिय ब्याडमिन्टन खेलाडी मेखबहादुर न्यौपाने, रमेश श्रेष्ठ लगायतले पनि माओवादी प्रवेश गरेको समाचार बाहिरिए संगै सिन्धुपाल्चोकका एमाले नेताहरुको प्रतिकृया समेत आई रहेको छ ।
यो बिषयलाई लिएर सिन्धुपाल्चोकका एमाले नेता सरेश नेपाल आफ्नो आधिकारीक फेसबुक वालमा यस्तो लेख्नु हुन्छ “ एमाले फुटाएर एस पार्टीमा ४ बर्ष अघि नै लगिएकाहरु,आफ्नै पार्टीबाट काजमा खटिएकाहरुलाई आज काज फिर्ताको घोषणा समारोह गरेछन । प्रदेश कमिटीमा अहिले को छ ? फटाहा कुरा गरेर दुश्प्रचारको आत्मारतिमा कति रमाउछौ ?”