२०८३, आश्विन १ गते

Sep 17 2026

बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ९८ हजार ६०० पुग्यो

बढ्यो सुनको मूल्य, प्रतितोला २ लाख ९८ हजार ६०० पुग्यो

रोज नेपाल
बिहिवार, बैशाख २४ २०८३
रोज नेपाल
बिहिवार, बैशाख २४ २०८३
  • काठमाडौं । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ८०० र चाँदी रु १०५ ले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९८ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५५ कायम भएको छ ।

    हिजो बुधबार छापावाल सुनको मोल प्रतितोला रु २ लाख ९६ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ५० मा खरिद–बिक्री भएको थियो । गत मंगलबार एक तोला छापावाल सुन रु २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ८८० मा किनबेच भएको थियो ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७०३ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij