पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा बुधबारदेखि प्रसिद्ध ुत्रिसाली मेलाु सुरु भएको छ। प्रत्येक तीन वर्षमा लाग्ने भएकाले यो मेलालाई त्रिसाली भन्ने गरिएको हो ।
परापूर्व कालदेखि लाग्दै आएको यो मेला पाँच दिनसम्म चल्नेछ। मेलामा विभिन्न सांस्कृतिक झाँकीहरूका साथै खेलकुद र गायन प्रतियोगिता समेत सञ्चालन गरिने आयोजकले जनाएका छन्।
यासोक बजार बुधबारदेखि ध्वजापताकाले सिङ्गारीएको छ । ‘धान नाच’ च्याब्रुङको धुन र ‘पालाम’ ले यासोकलाई गुञ्जायमान बनाएको छ । फुटबल, ब्याडमिन्टन र चेस प्रतियोगिता सञ्चालन भइरहेका छन् । ‘मिनी’ मेलामा बालबालिका रमाइरहेका छन् ।
त्रिसाली पूजा तथा मेलामा विशेषतः यहाँका दुई वटा माङहिम ९पवित्रस्थल० कुम्मायक र कुस्सायकमा पूजा गरिन्छ । बुधबार त्रिसाली पूजाको मुख्य दिन यहाँ देश विदेशबाट आएका हजारौँ भक्तजनले पूजा अर्चना गरे । यहाँ सबै समुदायका मानिसले पूजा गर्ने गर्छन् । लिम्बू समुदायले आस्था गर्ने युमा माङले अन्तिम पटक कुम्मायकमा साक्षात दर्शन दिएको जनविश्वास रहेको छ ।
मेला भोलि शुक्रबारसम्म चल्नेछ । यस वर्षको मेलामा नेपालका विभिन्न जिल्लासहित भारत, म्यानमार, भुटान, बेलायतलगायत देशबाट मेला भर्न आएको मेला मूल आयोजक समितिका अध्यक्ष देवेन्द्रकुमार लावतीले जानकारी दिए ।
कुम्मायक गाउँपालिका स्थापना हुनुपूर्व यहाँका यासोक, रानीगाउँ र स्याबरुम्बाका भद्रभलाद्मी ९तुम्याहाङ० भेला भइ मूल आयोजक समिति र पूजाको साइत जुराउने चलन थियो । गाउँपालिका स्थापनापछि भने गाउँपालिकाले पूजा तथा मेला सञ्चालनका लागि सहजीकरण गर्दै आएको कुम्मायक गाउँपालिकाका अध्यक्ष बमप्रसाद लावतीले बताए ।