२०८३, आश्विन १ गते

Sep 17 2026

आज तरकारी बजार कतिमा हुँदैछ कारोबार,

आज तरकारी बजार कतिमा हुँदैछ कारोबार,

शुक्रवार, बैशाख २५ २०८३
शुक्रवार, बैशाख २५ २०८३
  •  काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपज खुद्रा बाहेकको मूल्य निर्धारण गरेको छ।

    तरकारी बजार समितिका अनुसार आज तराई गोलभेँडा तथा साना लोकल गोलमेडा प्रति केजी ६० रुपैयाँमा कारोबार गरिएको छ भने ठूला भारतीय गोलभेँडा प्रति केजी ९५मा रुपैयाँमा कारोबार भएको छ।

    स्थानीय काउली ६० रुपैयाँमा कायम भएको छ। सेतो मूला ३० रुपैयाँ, लाम्चो भन्टा ६६ रुपैयाँ र डल्लो भन्टा ८० रुपैयाँमा बिक्री भइरहेको छ।त्यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६० रुपैयाँ, तराई गाजर ३५ रुपैयाँ, बन्दा ३५ रुपैयाँ कारोबार भएको छ।

    लौका ६० रुपैयाँ तथा भिन्डी ९० रुपैयाँ तोकिएको छ।रायोसाग ८० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँमा कारोबार भएको छ।

    त्यसैगरी बोडी १३० रुपैयाँ, घिउ सिमी ९० देखि १०० रुपैयाँ, भटमास कोसा १७० रुपैयाँ, करेला ६० रुपैयाँ,आलु रातो प्रतिकिलो २८ रुपैयाँ तथा भारतीय आलु २३ रुपैयाँ तोकिएको छ। यस्तै भारतीय सुकेको प्याज प्रतिकिलो ४० रुपैयाँ रहेको समितिले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij