२०८३, आश्विन १ गते

Sep 17 2026

सरकारले च्यासल छाड्न सूचना जारी गरेपछि एमालेले नयाँ कार्यालय खोज्दै

सरकारले च्यासल छाड्न सूचना जारी गरेपछि एमालेले नयाँ कार्यालय खोज्दै

रोज नेपाल
शुक्रवार, बैशाख २५ २०८३
रोज नेपाल
शुक्रवार, बैशाख २५ २०८३
  • काठमाडौँ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको नाममा रहेको भवन खाली गर्न सरकारले सूचना जारी गरेपछि नेकपा एमालेले नयाँ कार्यालय खोज्न थालेको छ ।

    भोगाधिकार पाएको, तर लिजमा परिणत नभएको जग्गा खाली गर्न भूमि व्यवस्था मन्त्रालयले सूचना जारी गरेको छ । उक्त सूचना बमोजिम च्यासलको कार्यालय पनि खाली गर्नुपर्ने देखिएको छ ।

    प्रतिष्ठानको भवनमा ०७८ देखि एमाले बस्दै आएको छ । ०७२ सालको भूकम्पले बल्खुस्थित भवन भत्किएपछि केही समय धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठानमा एमालेले कार्यालय राखेको थियो ।

    चक्रपथ विस्तारका क्रममा त्यहाँबाट हट्नुपर्ने भएपछि केही समय थापाथली बस्यो । एक व्यापारीको घरमा बस्दा विवादित भएको एमाले च्यासल सरेको थियो ।

    च्यासलमै हुँदा कार्यकर्ताहरूबाट पैसा उठाए पनि एमालेले कार्यालय बनाउने कार्य रोकेको थियो । व्यवसायी मीनबहादुर गुरुङले १० रोपनी जग्गासहित एक अर्बको कार्यालय बनाइदिने भएपछि कीर्तिपुरमा शिलान्यास पनि गरिएको थियो ।

    एमाले अध्यक्ष केपी शर्मा ओली र व्यवसायी गुरुङको दम्पतीले २०८१ असोजमा शिलान्यास गरिएको भवनबारे पार्टीभित्रै चर्को विरोध भएको थियो । तर, ओलीको एकलौटी चल्ने एमालेले असहमतिको आवाज उठाउने बिन्दा पाण्डे र उषा किरण तिमल्सेनामाथि नै कारबाही गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij