काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार शुक्रवार सुनको मूल्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले बढेको हो ।
बिहिबार सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ, छापावाला सुन, आज १३ सय रुपैयाँले बढेर २ लाख ९९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आज शुक्रबार चाँदीको मूल्य १२० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।