२०८३, आश्विन १ गते

Sep 17 2026

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मौजुदा कार्यसमिति विघटन

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मौजुदा कार्यसमिति विघटन

रोज नेपाल
मंगलवार, बैशाख २९ २०८३
रोज नेपाल
मंगलवार, बैशाख २९ २०८३
  • काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको मौजुदा कार्यसमिति विघटन गरिएको छ। संघ कार्यसमितिका दुईतिहाइ पदाधिकारीहरुले पदबाट राजीनामा गरेपछि  संघको विधान अनुसार कार्यसमिति विघटन भएको हो ।

    संघको विधानको दफा २६. (४) मा रहेको राजिनामासम्बन्धि व्यवस्था अनुसार भुवनसिंह गुरूङको कार्यसमितिका दुईतिहाइ पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका कारणले कार्य समिति स्वतः विघटन भएको हो ।

    विधानमा कार्यसमिति विघटन भएपछि सोही दिन सल्लाहकारहरुको रोहवरमा एक सात सदस्य प्रबन्ध समिति खडा गरी प्रबन्ध समितिले २१ दिन भित्र विशेष साधारण सभा बोलाई सोही दिन निर्वाचन सम्पन्न गराउने व्यवस्था छ । सल्लाहकार तथा निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा प्रबन्ध समिति गठन गरिएको छ।

    प्रबन्ध समितिमा पूर्व अध्यक्ष विमल ढकालका साथै, जनक रावल, धनलाल जैसी, मधुकर रिजाल, विनोदजंग केसी र वरिष्ठ अधिवक्ता शम्भु निरौला रहेका छन् । समितिले २१ दिनभित्रै विशेष साधारणसभा गरि नयाँ नेतृत्व चयन गर्नेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij