२०८३, आश्विन १ गते

Sep 17 2026

अहिले विभिन्न ९ वटा कार्यालयबाट पाइन्छ इम्बोस्ड नम्बर प्लेट, थप ७ मा १ असोजदेखि

अहिले विभिन्न ९ वटा कार्यालयबाट पाइन्छ इम्बोस्ड नम्बर प्लेट, थप ७ मा १ असोजदेखि

आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । सरकारले इम्बोस्ड नम्बर अनिवार्य गरेसँगै अहिले विभिन्न ९ वटा कार्यालयबाट यसको जडान भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।

    विभागका अनुसार बागमती प्रदेशका हकमा यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुर, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा मकवानपुर र यातायात व्यवस्था कार्यालय गुर्जुधारा र सवारी परीक्षण कार्यालय टेकुमा इम्बोस्ड नम्बर जडान भइरहेको छ ।

    गण्डकी प्रदेशमा यातायात व्यवस्था कार्यालय कास्की पोखरामा जडान सुरु भएको छ । लुम्बिनी प्रदेशमा यातायात व्यवस्था कार्यालय रुपन्देही बुटवल, दाङ तुल्सीपुर र नेपालगञ्ज बाँकेबाट समेत यसको जडान भइरहेको छ । कर्णाली प्रदेशमा यातायात व्यवस्था कार्यालय सुर्खेतबाट जडान थालिएको छ ।

    यी हुन् १ असोजदेखि जडान सुरु हुने कार्यालय

    विभागका अनुसार १ असोजदेखि भने थप ७ कार्यालयबाट इम्बोस्ट नम्बर जडान थालिने भएको छ । सुदूरपश्चिमका हकमा यातायात व्यवस्था कार्यालय धनगढी र कञ्चनपुरमा सोही दिनबाट इम्बोस्ड नम्बर जडान थालिने छ ।

    मधेशका हकमा यातायात व्यवस्था कार्यालय लहान सिरहाबाट जडान सुरु हुने भएको छ । बागमतीको चितवन, कोशीमा सुनसरी इटहरी र झापा बिर्तामोडमा १ असोजदेखि जडान थालिने भएको छ ।

    संघ, प्रदेशका मन्त्रीस्तरीय विषयगत समिति बैठकले इम्बोस्ड नम्बर प्लेट जडान तीव्रता दिन १ असोजदेखि सवारीसाधन दर्ता, नामसारी वा नवीकरणमा इम्बोस्ड नम्बर अनिवार्य गरेको छ । विभागले आफूलाई पायक पर्ने समय र कार्यालय गएर यस्तो नम्बर प्लेट राख्न समेत भनेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij