२०८३, आश्विन १ गते

Sep 17 2026

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गरे देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी

रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
रोज नेपाल
बुधवार, बैशाख ३० २०८३
  • काठमाडौं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा प्रधानमन्त्री नै नभएको टिप्पणी गरेका छन् । संसद् बैठक बहिष्कार गरेर बाहिरिएका साम्पाङले सांसदबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै  सत्तारुढ दलले आफूखुशी संसद् चलाइरहेको आरोप लगाएका हुन् । 

    उनले भने, ‘हामीले संसद् बैठक बहिष्कार गरेको हो । प्रधानमन्त्री नै छैन देशमा । भए त आउनुपर्ने । प्रधानमन्त्री कहिले पनि नआउने, प्रधानमन्त्रीले टेबल गर्नुपर्ने कुरा अरूलाई पठाउने भइरहेको छ । हाम्रो केही प्रश्न पनि छन् । थुप्रै कुरा छन् । सत्तारुढ दलले मनखुशी चलाइरहेको छ ।’

    सांसदहरूलाई ठेलीका ठेली किताब दिएर भोलि पढेर ल्याउनु भनेजस्तै गरिएको साम्पाङले बताए । उनले भने, ‘समयहरु हुन्छ नि त । नीति तथा कार्यक्रमको छलफल गर्न पनि पर्याप्त समय दिएको छैन । बजेट पनि त्यसै गरिरहेको छ । हामी निस्किसक्या छौँ अरू पनि कराइरहेका छौँ । अब पब्लिकले मूल्याङ्कन गर्छन् ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij