२०८३, आश्विन १ गते

Sep 17 2026

ओलीले बोलाए एमालेको सचिवालय बैठक

ओलीले बोलाए एमालेको सचिवालय बैठक

रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौं । नेकपा (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको शनिवार बस्ने गरी बैठक आह्वान गरेका हुन् । फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि एमालेको सचिवालय बैठक पहिलोपटक बस्न लागेको हो ।

     चुनावी पराजयको औपचारिक समीक्षा हुन नसकेको भन्दै पार्टीभित्र असन्तुष्टि पनि देखिँदै आएको छ। निर्वाचनमा अपेक्षाअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वमाथि दबाब बढ्दै गएको चर्चा चलिरहेका बेला अध्यक्ष ओलीले लामो समयसम्म औपचारिक बैठक आह्वान गरेका थिएनन् ।

    पार्टीभित्रको पछिल्लो अवस्थालाई लिएर सङ्गठनात्मक पुनरावलोकन र चुनावी समीक्षा बैठकको मुख्य एजेन्डा हुने अपेक्षा गरिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij