२०८३, आश्विन १ गते

Sep 17 2026

कोशी प्रदेशसभाको अधिवेशन जेठ ६ मा

कोशी प्रदेशसभाको अधिवेशन जेठ ६ मा

रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
रोज नेपाल
बिहिवार, बैशाख ३१ २०८३
  • काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी जेठ ६ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

    सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीका अनुसार जेठ ६ गते बुधबार अपराह्न ३ बजे विराटनगरस्थित वीरेन्द्र सभागृहमा प्रदेशसभाको नवौं अधिवेशन सुरु हुने छ । ‘मन्त्रिपरिषद्को आजको बैठकले आगामी बजेट अधिवेशनको मिति तय गर्नुका साथै केही महत्त्वपूर्ण प्रशासनिक र राजनीतिक निर्णयहरू गरेको छ,’ मन्त्री पराजुलीले भने।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij