काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६६ अर्ब ९३ करोड ३३ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश सभामा प्रस्तुत गरेको बजेटमा पूर्वाधार, आवास र शहरी यातायात सुधारलाई प्राथमिकतामा राखिएको छ ।
बजेट संरचनाअनुसार पूँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख ३ हजार रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरिएको छ भने चालूतर्फ २२ अर्ब ९६ करोड १९ लाख ३० हजार रुपैयाँ (३४.३१ प्रतिशत) छुट्याइएको छ। यसरी हेर्दा बजेटको ठूलो हिस्सा विकास-निर्माण र पूर्वाधार विस्तारतर्फ केन्द्रित देखिन्छ ।
प्रदेश सरकारले मुख्यमन्त्री विपन्न आवास कार्यक्रममार्फत प्रदेशभरका अति विपन्न एक हजार परिवारलाई घर निर्माण गरिदिन २० करोड रुपैयाँ विनियोजन गरेको छ। यो कार्यक्रमले सामाजिक सुरक्षासँगै न्यून आय भएका परिवारको जीवनस्तर सुधार गर्ने लक्ष्य लिएको छ ।
पूर्णपाठ