२०८३, भाद्र ३१ गते

Sep 16 2026

हामीहरुले कहीँ न कहीँ त्रुटि गरेका छौँ, प्रतिगामी शक्तिले टाउको उठाउने प्रयास गर्दैछन् प्रचण्ड (भिडियो)

हामीहरुले कहीँ न कहीँ त्रुटि गरेका छौँ, प्रतिगामी शक्तिले टाउको उठाउने प्रयास गर्दैछन् प्रचण्ड (भिडियो)

रोज नेपाल
शुक्रवार, श्रावण ८ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको राजनीतिक जटिल परिस्थिति उत्पन्न हुनुमा आफूहरूले पनि कहीँ न कहीँ त्रुटि गरेको स्वीकार गरेका छन् ।  ४८औँ पुष्पलाल स्मृति दिवसको सन्दर्भमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनैतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । 

    पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिले राष्ट्रिय स्वाधीनतामाथि चर्को दबाब र हस्तक्षेप भएको भन्दै प्रतिक्रान्तिकारी र प्रतिगामी शक्तिले टाउको उठाएको पनि बताए । भदौ २३ २४ को घटनापछि नेपाल सुगौली सन्धिपछिकै जटिल अवस्थामा पुगेको भन्दै त्यसका लागि बुझाई फरक फरक रहेको बताए । 
    ‘अब सङ्कटको समाधान कसरी गर्ने भनेर छलफल गर्नु उचित हुन्छ’, प्रचण्डले भने, ‘भदौको घटनामा नेपालको सुरक्षा निकायको निरीहता आफ्नै आँखा अगाडि देख्नुपर्‍यो । यो सुगौली सन्धि पछिको धेरै निरीहता हो ।’ उनले यो अवस्था कसरी आयो भनेर समुचित यथोचित र वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न नसकिने बताए । 
    यसका लागि सामान्य समीक्षाले नपुग्ने पनि प्रचण्डको भनाइ छ ।  ‘हामीले कहीँ न कहीँ ठुलै त्रुटि गरेका छौँ । भयानक परिस्थिति सिर्जना हुने, आँखै अगाडी नेपालका धरोहर जलाइने, पार्टी कार्यालय र इतिहास जलाइने परिघटना के कारणले भयो रु’, प्रश्न गर्दै प्रचण्डले भने, ‘साम्राज्यवादले हस्तक्षेप गर्‍यो भनेर मात्र पुग्दैन ।’ 
    जडसुत्रवादी तरिकाबाट अहिलेको समस्या समाधान हुन नसक्ने भन्दै प्रचण्डले विगतका अनुभवहरूले पनि विदेशी शक्तिका सामु नझुकेको पार्टीहरूको इतिहास रहेको बताए ।
    उनले भने, ‘चीन विरोधी गतिविधि हुन हामी दिने छैनौँ भनेर सबै राजनीतिक दलले भन्दै आएको होइन रु पचासौँ वर्षदेखि। तर यो पटक उल्लङ्घन गरियो। दलाइ लामाको जन्मोत्सव। अब अर्को नयाँ दलाइ लामा नेपालमा भन्ने पनि हल्लाखल्ला छ।’

    उनले अहिले जनताले प्राप्त गरेका अधिकार अपहरण भइरहेको बताए। उनले थपे, ‘जनताको उपलब्धि खोसिएका छन्। उत्पीडित वर्ग, समुदायमाथि उत्पीडन र निरङ्कुशता लाद्ने जमर्को भइराखेको छ। त्यसका विरुद्धमा साझा कार्यक्रम बनाउनुपर्छ।’

    नेपालका गरिब, मजदुर, किसान र उत्पीडित वर्ग, समुदायका अधिकार खोस्ने दुस्साहस भएको बताए।

    उनले थपे, ‘जनतालाई सङ्गठित, आन्दोलित गर्ने, सदनमा लड्ने, सडकमा लड्ने, आउने निर्वाचनबाट लड्ने, चारैतिरबाट घेरा हाल्ने। सिकाएको त उनीहरूले छन्, तर हामी उनीहरू जसरी लड्छन्, हामी त्यसरी लड्दैनौँ। हामी हाम्रै तरिकाले लड्ने हो, तर एकै दिनमा उल्ट्याउन सकिँदो रहेछ भन्ने त उनीहरूले सिकाएका छन् नि। एकै दिनमा उल्ट्याइदिन त सकिँदो रहेछ।’

    उनले भदौ घटनाजस्तै सबै वामपन्थी मिलेर साझा न्यूनतम कार्यक्रम गरे जस्तोसुकै चुनौती सामना गर्न सकिने बताए।

    उनले थपे, ‘हरेक पार्टीले आफ्नो गच्छेअनुसार र क्षमताअनुसार देशभरिबाट पाँच–सात लाख जनता काठमाडौँमा अनि हरेक सदरमुकाममा १ लाख, डेढ लाख, १ लाख, डेढ लाख उतारेर गर्‍यो भने एकै दिनमा उल्ट्याउन सकिँदैन तरु उनीहरूले सिकाए नि एकै दिनमा हुँदो रहेछ, यतापट्टि किन नसोच्नेरु हामी सबैले सोच्नुपर्‍यो एकचोटि, नत्र बर्बाद हुन सक्छ।’ 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij