मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
आज प्रतिष्ठा र आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। तर अनावश्यक बहस र विवादबाट टाढा रहनु राम्रो हुन्छ। कार्यस्थल तथा परिवारका सदस्यसँग कुरा नमिल्दा असन्तुष्टि बढ्न सक्छ। रिस र आवेग नियन्त्रण गर्दै निर्णय लिनु लाभदायी हुनेछ। प्रेम सम्बन्धमा भने अनावश्यक शंका नगर्नु राम्रो हुन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो):
सुख–सुविधा र रमाइलोप्रति आकर्षण बढ्नेछ। अध्ययनमा ध्यान केन्द्रित गरे अपेक्षित उपलब्धि हात लाग्न सक्छ। घुमघाम तथा मनोरञ्जनका लागि समय निकाल्ने अवसर मिल्नेछ। नयाँ काम सुरु गर्ने उत्साह बढ्नेछ भने परिवारका लागि पनि समय दिनुपर्ने देखिन्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह):
समस्याभन्दा त्यसको समाधान खोज्नतर्फ ध्यान दिनु आजको दिनका लागि उपयोगी हुनेछ। निरन्तर प्रयासले सोचेभन्दा राम्रो परिणाम प्राप्त हुन सक्छ। आम्दानीको नयाँ बाटो खुल्ने सम्भावना छ। छोटो यात्रा तथा प्रियजनसँगको छलफलले सम्बन्ध थप आत्मीय बनाउनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
पद, प्रतिष्ठा र आर्थिक पक्षमा सुधारको संकेत देखिन्छ। पुराना बक्यौता उठाउने प्रयास सफल हुन सक्छ। पारिवारिक प्रतिष्ठासँग जोडिएको काममा सहभागी हुने अवसर मिल्नेछ। भने मनमा अनावश्यक डर, चिन्ता वा शंका बढ्न सक्ने भएकाले आफूलाई शान्त राख्नु उचित हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
कार्यस्थलमा सहकर्मी तथा सहयोगीबीच राम्रो समन्वय कायम गर्न सकिनेछ। नयाँ प्रविधिको प्रयोगले कामलाई थप प्रभावकारी बनाउन मद्दत गर्नेछ। व्यस्तता बढे पनि मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ। विद्यार्थीका लागि अध्ययन तथा परीक्षाको दृष्टिले दिन सकारात्मक रहनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो):
कामप्रतिको लगन र जिम्मेवारीका कारण वरिष्ठ तथा सेवाग्राहीबाट प्रशंसा पाउन सकिनेछ। स्थिर प्रकृतिका क्षेत्रमा लगानी गर्ने सोच बन्न सक्छ। पुराना सहकर्मीसँगको भेटले उत्साह बढाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुने सम्भावना भएकाले आत्मविश्वासका साथ अघि बढ्नुहोस्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते):
नयाँ व्यवसाय वा कामप्रति रुचि बढ्नेछ। परिस्थितिले साथ नदिए पनि बुद्धिमत्तापूर्ण निर्णयले लक्ष्य हासिल गर्न सकिनेछ। प्रेम तथा पारिवारिक सम्बन्धमा खुसी र सद्भाव कायम रहनेछ। मेहनतलाई निरन्तरता दिए भविष्यमा अध्ययन वा करियरसँग सम्बन्धित विशेष अवसर प्राप्त हुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
आर्थिक अवस्था सुधार्न खोज्दा खर्च पनि बढ्न सक्छ। मनोरञ्जनमा बढी समय बिताउँदा महत्वपूर्ण काम प्रभावित हुनसक्छ। व्यक्तिगत तथा पारिवारिक जिम्मेवारीका कारण मनमा दबाब महसुस हुन सक्छ। निरन्तर मेहनत गरे प्रतिष्ठा र आर्थिक पक्षमा सुधार आउनेछ। प्रशासनिक काममा पनि सकारात्मक परिणाम मिल्न सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे):
मित्रभाइसँगको भेटघाटमा समय बित्दा परिवार वा जीवनसाथीलाई पर्याप्त समय दिन नसकिने अवस्था आउन सक्छ। आफ्नो क्षमता र बुद्धिको सही प्रयोगले महत्वपूर्ण काम पूरा गर्न सकिनेछ। सन्तान वा भाइबहिनीको आवश्यकता पूरा गर्न खर्च हुन सक्छ। व्यापारमा सुस्तता भए थप मेहनत गर्दा नयाँ अवसर प्राप्त हुनेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि):
घरायसी तथा व्यक्तिगत आवश्यकताका सामान खरिद गर्दा खर्च बढ्न सक्छ। अध्ययन र अभिव्यक्ति क्षमतामा सुधार आउनेछ। मेहनतका कारण प्रतिस्पर्धामा अगाडि बढ्ने अवसर मिल्नेछ। आम्दानी वृद्धि हुनुका साथै रोकिएको रकम हात पर्ने सम्भावना छ। सेयर वा अन्य लगानीमा भने अनुभवीको सुझाव लिनु राम्रो हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द):
आत्मविश्वास र उत्साह बढ्नेछ। घरायसी काम व्यवस्थित रूपमा सम्पन्न हुनेछन्। जीवनसाथीसँग आत्मीय समय बिताउने तथा घुमफिरको अवसर मिल्न सक्छ। अरूको गतिविधिभन्दा आफ्ना कमजोरी सुधार्न ध्यान दिनु लाभदायी हुनेछ। दीर्घकालीन योजना बनाएर अघि बढे सफलता प्राप्त गर्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि):
प्रेम सम्बन्धमा एकअर्काको कमजोरी खोज्नुभन्दा समझदारी बढाउनु आवश्यक हुनेछ। आज बोलीका कारण विवाद सिर्जना हुन सक्ने भएकाले सोचेर मात्र प्रतिक्रिया दिनु राम्रो हुन्छ। अनावश्यक टिप्पणीबाट टाढा रहनुहोस्। तरल पदार्थ, खाद्य सामग्री, सौन्दर्य सामग्री तथा फलफूल–तरकारीको कारोबार गर्नेहरूका लागि दिन लाभदायी रहन सक्छ।