२०८३, भाद्र ३१ गते

Sep 16 2026

रसुवागढी–केरुङ नाकासम्मको सडक खुल्यो, राहत र उद्धारका लागि भारी उपकरण लैजान सहज

रसुवागढी–केरुङ नाकासम्मको सडक खुल्यो, राहत र उद्धारका लागि भारी उपकरण लैजान सहज

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । नेपाल–चीनबीचको रसुवागढी हुँदै केरुङ जोड्ने स्थलमार्ग बुधबार बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बिहान १० बजेदेखि सडकमार्ग खुलेसँगै विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार सामग्री पुर्‍याउन सहज भएको छ।

    चिनियाँ सञ्चारमाध्यमका अनुसार सडक सञ्चालनमा आएपछि उद्धारमा खटिएका टोली, राहत सामग्री, आवश्यक उपकरण र ठूला मेसिनहरू सडकमार्फत प्रभावित क्षेत्रमा लैजान सकिने भएको छ। यसले विपद्पछि जारी खोज तथा उद्धार अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    बाढी तथा पानीका कारण सडकको केही भाग अवरुद्ध भएपछि चिनियाँ पक्षले तीव्र गतिमा सडक खुलाउने काम अघि बढाएको थियो। अहिले सडक सफा गर्ने कार्य विपद्को मुख्य प्रभावित क्षेत्रसम्म पुगेको जनाइएको छ।

    चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार अवरुद्ध सडकको अन्तिम खण्डलाई अस्थायी रूपमा सञ्चालनयोग्य बनाइएको हो। सडकमा ठूला उपकरण र भारी मेसिनरीसमेत चल्न सक्ने अवस्था बनेपछि उद्धार कार्यका लागि आवश्यक स्रोतसाधन परिचालन गर्न थप सहज भएको छ।

    केरुङतर्फ राष्ट्रिय राजमार्ग सफा गर्ने चिनियाँ भारी उपकरणहरू मुख्य प्रभावित क्षेत्र हुँदै केरुङ नाकाको भवन रहेको मूल स्थाननजिकसम्म पुगेका छन्। सडक खुलेसँगै खोज तथा उद्धारका विभिन्न टोलीले समन्वय गरेर काम अघि बढाइरहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij