२०८३, आश्विन १ गते

Sep 17 2026

आज देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
रोज नेपाल
बिहिवार, भाद्र १८ २०८३
  • काठमाडौं । देशभर अहिले मनसुनी प्रणाली सक्रिय रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सामान्य अवस्थाभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ ।

    हाल कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बदली देखिएको छ भने अन्य अधिकांश क्षेत्रमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ । बागमतीका केही स्थानसहित कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशभर मौसम सामान्यतया बदली रहनेछ । हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    तराईतर्फ पनि वर्षाको सम्भावना रहेको छ । कोशी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा तथा मधेश, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । मधेश र लुम्बिनीका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना समेत रहेको छ ।

    यसैगरी, कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको अनुमान छ ।

    रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

    राति कोशीको तराईका केही स्थान, मधेश, बागमती र गण्डकीका तराईका थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षा हुन सक्नेछ ।

    राति कोशी प्रदेश तथा बागमती र गण्डकीका हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij