२०८३, भाद्र ३१ गते

Sep 16 2026

मेसीको सम्मानमा अर्जेन्टिनामा १०औँ मिनेटमा एक मिनेट खेल रोकिने

मेसीको सम्मानमा अर्जेन्टिनामा १०औँ मिनेटमा एक मिनेट खेल रोकिने

रोज नेपाल
शनिवार, भाद्र २० २०८३
रोज नेपाल
शनिवार, भाद्र २० २०८३
  • काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट दोस्रोपटक सन्न्यास घोषणा गरेपछि अर्जेन्टिनी फुटबल महासंघ (एएफए)ले उनलाई विशेष सम्मान गर्ने भएको छ।

    एएफएले आगामी साता आयोजना हुने पुरुष तथा महिला फुटबलका विभिन्न तहका खेलमा पहिलो हाफको १०औँ मिनेटमा एक मिनेट खेल रोक्ने निर्णय गरेको छ। सो अवधिमा खेलाडी, अफिसियल र दर्शकले मेसीको राष्ट्रिय टोलीसँगको योगदानको सम्मानमा ताली बजाउनेछन्।

    मेसीले सोमबार अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरेका थिए। उनले यसअघि सन् २०१६ मा पनि अन्तर्राष्ट्रिय फुटबलबाट टाढिने निर्णय गरेका थिए। तर समर्थकको दबाबपछि उनले आफ्नो निर्णय परिवर्तन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गरेका थिए।

    सन्न्यासको निर्णयपछि बितेको करिब एक दशकमा मेसीले अर्जेन्टिनालाई ठूलो सफलता दिलाए। उनको कप्तानीमा अर्जेन्टिनाले फिफा विश्वकपसँगै दुईपटक कोपा अमेरिका जितेको छ। उनी नेतृत्वको टोली लगातार दोस्रोपटक विश्वकपको फाइनलसम्म पुगेको थियो।

    मेसीले अर्जेन्टिनाका लागि लामो समयदेखि १० नम्बरको जर्सी लगाउँदै आएका छन्। यही कारण एएफएले १०औँ मिनेटलाई उनको सम्मानका लागि रोजेको हो। महासंघले पुरुष र महिला टोलीका विभिन्न डिभिजन तथा अन्य निर्धारित फुटबल खेलमा समेत यो कार्यक्रम लागू गर्न निर्देशन दिएको छ।

    इलेक्ट्रोनिक स्क्रिन भएका रंगशालामा खेल सुरु हुनुअघि एएफएको आधिकारिक भिडियो देखाउन पनि निर्देशन दिइएको छ।

    क्लब फुटबल भने जारी राख्ने

    राष्ट्रिय टोलीबाट अलग भए पनि मेसीले क्लब फुटबललाई निरन्तरता दिनेछन्। उनी मा आबद्ध छन् र क्लबसँग उनको सम्झौता अझै दुई वर्ष बाँकी रहेको जनाइएको छ।

    मेसीको कप्तानी र प्रदर्शनमा इन्टर मियामीले पहिलोपटक एमएलएस कप जितेको छ। उनी लगातार दोस्रोपटक लिगको सर्वोत्कृष्ट खेलाडी (एमभीपी) समेत बनेका छन्।

    २३औँ संस्करणको विश्वकपमा मेसीले आठ खेलबाट आठ गोल गरेका थिए। अर्जेन्टिनाका लागि उनको अन्तर्राष्ट्रिय गोल संख्या १२५ पुगेको छ। विश्वकपका विभिन्न संस्करणमा उनले २१ गोल गरेका छन्।

    राष्ट्रिय टोलीबाट सन्न्यास घोषणा गर्दा मेसीले युवा खेलाडीलाई अवसर दिने समय आएको बताएका थिए। राष्ट्रिय टोलीका लागि खेल्दा आफूले सक्दो प्रयास गरेको र मैदानमा आफ्नो सम्पूर्ण क्षमता लगाएको उनको भनाइ थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij