२०८३, भाद्र ३१ गते

Sep 16 2026

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ५१ लाखभन्दा बढी सहयोग

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ५१ लाखभन्दा बढी सहयोग

रोज नेपाल
शनिवार, भाद्र २७ २०८३
रोज नेपाल
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रभु बैंकले २ करोड ५१ लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ।

    बैंकका सञ्चालक र कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

    यसअघि पनि बैंकले बाढी प्रभावितका लागि राहत सामग्री उपलब्ध गराइसकेको जनाएको छ। नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत प्रभावित परिवारलाई १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग प्रदान गरिएको बैंकले जनाएको छ।

    यसका अतिरिक्त प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने गरी चेक हस्तान्तरण गरेको छ।

    बैंकले प्राकृतिक विपद्मा परी ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बेपत्ता नागरिकको शीघ्र उद्धार र घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ। साथै, विपद्बाट प्रभावित परिवार तथा समुदायप्रति समवेदना प्रकट गरेको छ।

    प्रभु बैंकले आगामी दिनमा पनि विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij