२०८३, भाद्र ३१ गते

Sep 16 2026

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा

विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा

रोज नेपाल
मंगलवार, भाद्र ३० २०८३
रोज नेपाल
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको दरअनुसार अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९ पैसा रहेको छ।

    यस्तै, युरोको खरिददर १७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा निर्धारण गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०५ रुपैयाँ ७४ पैसा र बिक्रीदर २०६ रुपैयाँ ५५ पैसा तथा स्वीस फ्र्याङ्कको खरिददर १८६ रुपैयाँ ८० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५४ पैसा तोकिएको छ।

    राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०९ रुपैयाँ १६ पैसा छ। क्यानेडियन डलर १०९ रुपैयाँ ८१ पैसा खरिद र ११० रुपैयाँ २४ पैसा बिक्रीदर कायम हुँदा सिङ्गापुर डलरको खरिददर १२० रुपैयाँ ०५ पैसा र बिक्रीदर १२० रुपैयाँ ५२ पैसा रहेको छ।

    जापानी येन १० को खरिददर ९ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा तोकिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ७५ पैसा तथा बिक्रीदर २२ रुपैयाँ ८३ पैसा रहेको छ।

    त्यसैगरी, साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४० रुपैयाँ ७९ पैसा तथा कतारी रियालको खरिददर ४१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४२ रुपैयाँ ०२ पैसा कायम गरिएको छ।

    थाई भाटको खरिददर ४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४ रुपैयाँ ६० पैसा, यूएई दिरामको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा तथा मलेसियन रिङ्गेटको खरिददर ३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११ रुपैयाँ ३९ पैसा तोकिएको छ। स्वीडिस क्रोनरको खरिददर १५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १५ रुपैयाँ ६७ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २३ रुपैयाँ ६५ पैसा कायम गरिएको छ।

    हङकङ डलरको खरिददर १९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९ रुपैयाँ ५३ पैसा रहेको छ। कुवेती दिनारको खरिददर ४९७ रुपैयाँ २० पैसा र बिक्रीदर ४९९ रुपैयाँ १५ पैसा तोकिएको छ।

    बहराइन दिनारको खरिददर ४०४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४०६ रुपैयाँ ३७ पैसा तथा ओमनी रियालको खरिददर ३९६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ८९ पैसा रहेको छ।

    भारतीय रुपैयाँ १०० को विनिमयदर भने खरिदमा १६० रुपैयाँ र बिक्रीमा १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij