२०८३, भाद्र ३१ गते

Sep 16 2026

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलर १५३ रुपैयाँभन्दा माथि

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक, डलर १५३ रुपैयाँभन्दा माथि

रोज नेपाल
बुधवार, भाद्र ३१ २०८३
रोज नेपाल
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले तोकेको दरअनुसार अमेरिकी डलरको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४ पैसा रहेको छ।

    युरोको खरिददर १७६ रुपैयाँ ८० पैसा र बिक्रीदर १७७ रुपैयाँ ४९ पैसा तोकिएको छ। त्यस्तै, बेलायती पाउन्ड स्टर्लिङको खरिददर २०६ रुपैयाँ ५५ पैसा तथा बिक्रीदर २०७ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। स्विस फ्र्याङ्कको खरिददर १८७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

    अष्ट्रेलियन डलर १०९ रुपैयाँ २४ पैसा खरिद र १०९ रुपैयाँ ६६ पैसा बिक्री, क्यानेडियन डलर ११० रुपैयाँ १९ पैसा खरिद र ११० रुपैयाँ ६२ पैसा बिक्री तथा सिङ्गापुर डलर १२० रुपैयाँ ४५ पैसा खरिद र १२० रुपैयाँ ९२ पैसा बिक्रीदरमा कारोबार हुनेछ।

    जापानी येन १० वटाको खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा तोकिएको छ। चिनियाँ युआनको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा रहेको छ।

    यसैगरी, साउदी अरेबियन रियालको खरिददर ४० रुपैयाँ ८० पैसा र बिक्रीदर ४० रुपैयाँ ९६ पैसा तथा कतारी रियालको खरिददर ४२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ।

    राष्ट्र बैंकका अनुसार थाई भाटको खरिददर ४ रुपैयाँ ६० पैसा र बिक्रीदर ४ रुपैयाँ ६२ पैसा, यूएई दिरामको ४१ रुपैयाँ ७२ पैसा र ४१ रुपैयाँ ८९ पैसा तथा मलेसियन रिङ्गेटको ३७ रुपैयाँ ४९ पैसा र ३७ रुपैयाँ ६४ पैसा रहेको छ।

    दक्षिण कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २६ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा तोकिएको छ। स्विडिस क्रोनरको खरिददर १५ रुपैयाँ ६८ पैसा र बिक्रीदर १५ रुपैयाँ ७४ पैसा तथा डेनिस क्रोनरको खरिददर २३ रुपैयाँ ६५ पैसा र बिक्रीदर २३ रुपैयाँ ७४ पैसा कायम गरिएको छ।

    त्यस्तै, हङकङ डलरको खरिददर १९ रुपैयाँ ५४ पैसा र बिक्रीदर १९ रुपैयाँ ६१ पैसा रहेको छ। कुवेती दिनारको खरिददर ४९९ रुपैयाँ १५ पैसा र बिक्रीदर ५०१ रुपैयाँ ११ पैसा तोकिएको छ।

    बहराइन दिनारको खरिददर ४०६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४०८ रुपैयाँ ०८ पैसा तथा ओमनी रियालको खरिददर ३९८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ।

    भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij