२०८३, भाद्र ३१ गते

Sep 16 2026

‘मायाले जाल हान्यो’ म्युजिक भिडियो सार्वजनिक

‘मायाले जाल हान्यो’ म्युजिक भिडियो सार्वजनिक

रोज नेपाल
मंगलवार, बैशाख ८ २०८३
रोज नेपाल
मंगलवार, बैशाख ८ २०८३
  • काठमाडौं । चर्चित मोडल पल शाह र गरिश्मा पौडेलको अभिनय रहेको नयाँ गीत ‘मायाले जाल हान्यो’ सार्वजनिक गरिएको छ। प्रेमभावमा आधारित यस गीतमा गायक खेम सेन्चुरी र शान्ता रानी परियारको सुमधुर स्वर रहेको छ।
    अष्ट्रेलिया निवासी विनोद कुँवरको निर्माणमा तयार भएको यस म्युजिक भिडियोमा नेत्र अर्यालको शब्द तथा सुबास कार्कीको संगीत संयोजन रहेको छ। भिडियोको निर्देशन चर्चित निर्देशक विक्रम चौहानले गरेका छन्।
    गीतको भिडियोमा पल शाह र गरिमा Paudel आकर्षक अभिनय देख्न सकिन्छ। उनीहरूको रोमान्टिक प्रस्तुति भिडियोको मुख्य आकर्षण बनेको छ।
    भिडियोको छायांकन बुद्ध थापा र उनको टिमले गरेका हुन् भने सम्पूर्ण पोस्ट–प्रोडक्सन कार्य वन डिबी स्टुडियोमा सम्पन्न गरिएको हो।
    निर्माताका अनुसार प्रेमभावमा आधारित यस गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ। हाल सार्वजनिक भएको भिडियो सामाजिक सञ्जाल तथा युट्युबमार्फत दर्शकमाझ पुगेको छ। उक्त म्यूजिक भिडियो गरिश्मा पौडेलको अफिसियल यूट्युव मार्फत हेर्न सकिनेछ ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij