काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह बालेनको आज जन्मदिन परेको छ।
बालेन आजदेखि ३७ वर्ष लागेका छन्। प्रधानमन्त्री बालेन २०४७ साल वैशाख १४ गते काठमाडौंको नरदेवीमा जन्मिएका हुन्।
प्रधानमन्त्रीपतिको जन्मदिन अवसरमा पत्नी सविना काफ्लेले सामाजिक सञ्जालमार्फत शुभकामना दिएकी छन्। उनले फेसबुकमा लेखेकी छन्, ‘सम्माननीयज्यूलाई जन्मदिनको हार्दिक शुभकामना।’
उनको जन्मदिनका अवसरमा सामाजिक सञ्जालमा शुभकामनाको ओइरो लागेको छ । समर्थक, सहकर्मी तथा सर्वसाधारणले देशको नेतृत्व गरिरहेका युवा प्रधानमन्त्रीप्रति सकारात्मक अपेक्षा राख्दै दीर्घायु, सफलता र उत्कृष्ट कार्यकालको कामना गरेका छन् ।
बुबा रामनारायण साह र आमा ध्रुवदेवी शाहका कान्छा सुपुत्रका रूपमा जन्मिएका शाहको पुख्र्यौली घर महोत्तरीको एकडारा गाउँपालिका हो।