काठमाडौं । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले आह्वान गरेको संविधान संशोधन सम्बन्धी छलफललाई बहिष्कार गरेका छन् ।
संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलले वैशाख ३० गते पत्र पठाएर उनीहरूलाई संविधान संशोधन विषयक छलफलका लागि बोलाएको थियो ।
उनीहरूले सरकार एकलौटी तथा अपारदर्शी ढङ्गले अघि बढेको भन्दै छलफलमा सहभागी नहुने घोषणा गरेका हुन् । उनीहरूले आज बोलाइएको छलफलमा सहभागी नहुने घोषणा गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारसँग २०८२ मङ्सिर २४ मा भएको १० बुँदे सम्झौता अझै कार्यान्वयन भएको छैन । जेनजी आन्दोलन छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक र कार्यान्वयन हुन सकेको छैन ।’
संयुक्त वक्तव्य


