२०८३, आश्विन २ गते

Sep 18 2026

सानेपामा बसेको कांग्रेसको केन्द्रीय समितीको बैठकमा देउवा पक्षका कुन कुन नेताहरुको उपस्थिति रह्यो

सानेपामा बसेको कांग्रेसको केन्द्रीय समितीको बैठकमा देउवा पक्षका कुन कुन नेताहरुको उपस्थिति रह्यो

रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
रोज नेपाल
बिहिवार, आश्विन १ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा निवर्तमान सभापति शेरबहादुर देउवा निकट केही नेताहरू पनि सहभागी भएका छन्। उनीहरू बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा उपस्थित भएका हुन्।

    १४औँ महाधिवेशनमा देउवा समूहबाट पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचित भएका र गत पुसमा आयोजित विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरू बैठकमा पुगेका हुन्।

    बैठकमा निवर्तमान सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ तथा केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रामहरि खतिवडा र ईश्वरी न्यौपाने सहभागी छन्। त्यस्तै किरण यादव, नैनसिंह महर, ज्ञानेन्द्रबहादुर कार्की र गोविन्द भट्टराईलगायत नेताहरू पनि सानेपा पुगेका छन्।

    केन्द्रीय कार्यालयमा केही समयअघि सुरु भएको बैठकलाई सभापति गगन थापाले सम्बोधन गरिरहेका छन्।

    देउवा समूहले छुट्टै महाधिवेशनको मिति घोषणा गरेको अवस्थामा उक्त समूहसँग निकट रहेका केही नेताहरू भने संस्थापन पक्षले बोलाएको केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन्।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij