२०८३, आश्विन २ गते

Sep 18 2026

आज सातै प्रदेशमा वर्षाको सम्भावना

आज सातै प्रदेशमा वर्षाको सम्भावना

रोज नेपाल
आइतवार, जेठ ३ २०८३
रोज नेपाल
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोशी प्रदेशको तराई भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको  सम्भावना रहेको छ।


    मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागको  थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भू–भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ। 

    आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने कर्णाली प्रदेशको हिमाली भूभाग र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij