२०८३, आश्विन २ गते

Sep 18 2026

दलभित्रको आन्तरिक विवादभन्दा राष्ट्रिय मुद्दा प्राथमिकतामा राख्नुपर्नेमा गगन थापाको जोड

दलभित्रको आन्तरिक विवादभन्दा राष्ट्रिय मुद्दा प्राथमिकतामा राख्नुपर्नेमा गगन थापाको जोड

रोज नेपाल
आइतवार, जेठ ३ २०८३
रोज नेपाल
आइतवार, जेठ ३ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान राजनीतिक परिस्थितिमा दलभित्रको आन्तरिक विवादभन्दा राष्ट्रिय मुद्दा प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

    नेपाली कांग्रेसद्वारा आयोजित एक कार्यक्रममा आइतबार काठमाडौँमा बोल्दै उनले पार्टी नेतृत्वको जिम्मेवारी सम्हाल्ने व्यक्तिको मुख्य दायित्व देश र लोकतन्त्रसँग जोडिएका विषयमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरे ।

    उनले आफूलाई बिपी कोइरालाको राजनीतिक विरासतसँग जोडिएको जिम्मेवारीमा रहेको उल्लेख गर्दै कांग्रेस नेतृत्वले राष्ट्रिय आवश्यकता, लोकतान्त्रिक मूल्य र नागरिकको अपेक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

    थापाले कांग्रेसको इतिहास लोकतन्त्र, नागरिक स्वतन्त्रता, आत्मसम्मान र सहभागितामूलक शासन व्यवस्थाका लागि भएको संघर्षसँग जोडिएको उल्लेख गरे। उनले विगतका राजनीतिक आन्दोलनमा धेरै व्यक्तिको योगदान, त्याग र संघर्ष रहेको भन्दै त्यसको उद्देश्य नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु रहेको बताए ।

    उनका अनुसार अहिले देशका मूलभूत सवालमा पार्टीलाई स्पष्ट रूपमा उभ्याउन कांग्रेसभित्र व्यापक छलफल आवश्यक छ। साथै पार्टीका समर्थक र शुभेच्छुकबीच संवाद विस्तार गरेर उनीहरूको विश्वास पुनः स्थापित गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याए ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij