२०८३, आश्विन २ गते

Sep 18 2026

कांग्रेसले सभामुखको भूमिकामाथि उठायो प्रश्न

कांग्रेसले सभामुखको भूमिकामाथि उठायो प्रश्न

रोज नेपाल
बिहिवार, जेठ ७ २०८३
रोज नेपाल
बिहिवार, जेठ ७ २०८३
  • काठमाडौं ।   सभामुख डोलप्रसाद अर्यालको भूमिकामाथि प्रतिपक्षी दल नेपाली कांग्रेसले  प्रश्न उठाएको छ । संसद प्रधानमन्त्रीको खोजी निरन्तर भइरहँदा सभामुखले उपस्थितिका लागि रुलिङ नगरेको भनेर प्रश्न उठाएको हो ।

    ७ जेठ,बिहीबार प्रतिनिधिसभाको बैठबमा  कांग्रेसका सचेतक निश्कल राईले प्रतिपक्षी दलहरूले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको बताएका हुन। 

     कार्यक्रम तथा नीतिको जवाफ दिन प्रधानमन्त्रीको खोजी गरिएको लगायत विषयमा  प्रमुख प्रतिपक्ष दलको हैसियतमा आफू स्वयम् र अन्य विपक्षी दलका सांसदहरूले पटक पटक सरकारलाई सदन प्रति उत्तरदायि बनाउन खोजेको स्मरण समेत गरे ।

    ‘सम्माननीय सभामुख महोदयको साथ हामीलाई मिलेन, सरकारले टेरेन’ राइले सदनमा भने ।

     केही बैठकदेखि श्रम संस्कृति पार्टीले सरकार खोज्दै, जवाफदेहीता र सदन प्रति सरकारको उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाइरहेको स्मरण गर्दै राई भने, सभामुख महोदयले यसलाई अमर्यादित भन्नु भएको छ ।’

    ‘सभामुख महोदय, यहाँ बिर्सन नहुने एउटा प्रंसग उल्लेख गरौं । आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जवाफदेहीता खोज्दै निलो स्कार्फ घाँटीमा बाधेर वेल घेरेको थियो,’ राइले भने ।

    त्यसबेला रास्वपाले वेलमा पुगेर पलँटी कसेर बस्ने अनि पुस्तक पढ्ने काम पनि गरेको थियो ।

    ‘त्यसबेला सभामुखको आसन प्रतिपक्षको बेन्चमा थियो । मेरो प्रश्न आफैँले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित  राईको प्रश्न छ ।

    आफूहरूको बुझाइमा रास्वपाको त्यसबेलाको कार्य गलत थियो र अहिले पनि गलत र अर्मायदित भइरहेको छ भन्ने निष्कर्ष रहेको उनले बताएका हुन् ।

    सभामुखको भूमिका स्मरण गरे ।
    सदनको मर्यादा सभामुख महोदयले राख्नुपर्ने हो । तर सँगैमा, अर्को पाटो सबै विषयको मर्यादाको केन्द्रविन्दुमा सरकार छ, राईले भने, ‘सरकारलेनै मर्यादा कायम गर्नुपर्ने हो । तर, सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने १ सदन भनेसी एलर्जी नै हुने सरकारको कार्यमा सत्तारुढ दल रमाउँदै हिंडेको राईको टिप्पणी छ ।

    राई भन्छन् ‘सरकार परम्परा भत्काउँदै छु भन्दै व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गर्दै हिँडेको छ । अहिले क्रमभंगता शब्दमा सरकार रमाएको छ । अनि, त्यसमा सत्तारूढ दलका साथीहरू रफू लगाउँदै हिंड्नुभएको छ ।’

    कांग्रेस सचेतक राईको प्रश्न छ, ‘आज सदनमा जे भइरहेको छ, तपाईं सत्ताले छाती चौडा बनाएर दाबी र गर्व गर्दै हामीले क्रंमभंगता गरेका छौं भन्दै हिँड्दाको नतिजा हो । जुन् दिनसम्म संसदीय व्यवस्था र अभ्यासलाई अंकको दम्भले लल्कारिछ अनि सदन कसरी मर्यादित हुन्छ ।

    यस्तोमा सभामुख जिम्मेवार हुनुपर्ने उनको आग्रह छ ।‘सभामुख महोदय बारम्बार हामीले भन्दै आएका छौं कि यो सदनको अभिभावक तपाईं हो, सदनको गरिमामा एक इन्च तलमाथी हुन्छ भने त्यो हजुरकै प्रतिष्ठासँग जोडिन्छ’ उनले भनेका छन्

    ‘हजुरले जबसम्म रूलिङ गरेर म सँग दुई तिहाई छ, म सदन मान्दिन भन्दै केही सय मिटर दुरीमा रहनुभएको प्रधानमन्त्री र सरकारलाई सदन प्रति जवाफदेही बनाउन र यहाँ उपस्थित गराउन सक्नुहुन्न । तबसम्म हिजो निलो स्कार्फ बाधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने जस्ता कार्य शैली रोकिन्न । बेलैमा सभामुख महोदय र सरकारको ध्यान जाओस् ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij