काठमाडौँ। नेकपा एमालेका नेताहरूको कार्यविभाजन टुंग्याउन पार्टी केन्द्रीय सचिवालयको बैठक आज भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको छ।
यसअघि सोमबारको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको कार्यविभाजन प्रस्तावमाथि छलफल भएपछि आजको बैठकले त्यसलाई अन्तिम निर्णयसहित अनुमोदन गर्ने तयारी गरिएको बताइएको छ।