२०८३, आश्विन २ गते

Sep 18 2026

पाँचथरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

पाँचथरमा जिप दुर्घटना हुँदा चालकको मृत्यु

रोज नेपाल
शुक्रवार, जेठ ८ २०८३
रोज नेपाल
शुक्रवार, जेठ ८ २०८३
  • पाँचथर । पाँचथरको याङवरक गाउँपालिका–६ अर्चलेमाप्र १–०१–००२ च १५६९ नम्बरकोसिङ्गल क्यापको गाडी दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ ।

    दुर्घटनामा परी झापाको बाह्रदशी गाउँपालिका–५ घर भएका ३५ बर्षिय गोपाल भटराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिश कर्णले बताउनु भयो ।

    च्याङथापुबाट गोरु र बाछि फालेलुङ  लैजाने क्रममा अचर्लेमा गाडी न्यूट्रलमा रोकेर पिसाब गर्न  क्रममा गाडी गुड्न थालेपछि चालकले ब्रेक लगाउने प्रयास गर्दा गर्दै चालक सहित गाडी सडकभन्दा तल खसेको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।गाडीमा अन्य दुई सबार यात्री पिसाब गर्न बाहिर निस्कीएकाले सुरक्षित छन्।

     

     

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij