२०८३, आश्विन २ गते

Sep 18 2026

वैदेशिक रोजगारको लागि विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारको लागि विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ

रोज नेपाल
शनिवार, जेठ ९ २०८३
रोज नेपाल
शनिवार, जेठ ९ २०८३
  • काठमाडौँ। विभिन्न प्रलोभन धेरै तलबको आस देखाएर विदेश पठाइदिन्छु भन्दै ठूलो रकम ठगी गर्ने पाँच  जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीले समातेका व्यक्तिहरूमध्ये एकजना हाल काठमाडौँ नगरपालिका २६ बस्ने धादिङ घर भएका ३७ बर्षीय शरण थापा, त्यसैगरी काठमाडौँ नगरपालिका ३२ बस्ने , मोरङ घर भएका ३७ वर्षीय विष्णु सिलवाल, त्यसैगरी झापाको बिर्तामोड नगरपालिका १० बस्ने ४५ वर्षीय उत्तम गुरुङ, काठमाडौँ नगरपालिका ३२ बस्ने वर्ष २९ कि प्रियंकाकुमारी चौधरी, काठमाडौँ नगरपालिका ३२ बस्ने सुनसरी घर भएका ३१ वर्षीय अर्जुन कुमार चौधरी हरेको प्रहरीले बताएका छन्।

    पक्राउ मध्ये शरणले सिङ्गापुर पठाइदिन्छु भन्दै ४३ जनासँग करिब  ५ करोड १ लाख १२ हजार रूपैयाँ लिएको, विष्णुले मकाउ पठाइदिन्छु भन्दै २ जना जनासँग ११ लाख रूपैयाँ, उत्तमले स्पेन पठाइदिन्छु भन्दै १ जनासँग ४२ लाख रूपैयाँ, प्रियंकाले पोल्याण्ड पठाइदिन्छु भन्दै ३ जनासँग ७ लाख रूपैयाँ र अर्जुनले पोर्चुगल पठाइदिन्छु भन्दै ७ जनासँग २५ लाख रूपैयाँ लिई सम्पर्कमा नआएको पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले शरणलाई काठमाडौं महानगरपालिका–१० बाट, विष्णुलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बाट, उत्तमलाई काठमाडौं महानगरपालिका–६ बाट, प्रियंकालाई काठमाडौं महानगरपालिका–११ बाट र अर्जुनलाई काठमाडौं महानगरपालिका–१० बाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij