२०८३, आश्विन १ गते

Sep 17 2026

यार्सा खोज्न क्रममा एक युवाको भिरबाट लडेर मृत्यु

यार्सा खोज्न क्रममा एक युवाको भिरबाट लडेर मृत्यु

रोज नेपाल
शनिवार, जेठ ९ २०८३
रोज नेपाल
शनिवार, जेठ ९ २०८३
  • गोरखा । यार्सागुम्बा खोज्न भनी  गएका गोरखाका एक  युवाको भिरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो ।

    बुद्ध हिमालको फेदबाट यार्सागुम्बा संकलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडा सदस्य विकास गुरुङले जानकारी दिए ।

    प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उनले बताए ।

    आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका थिए । प्रकाश अघिअघि हिँडेका रहेछन्’, वडासदस्य गुरुङले भने, ‘तर, साँझमा बास बस्ने ठाउँमा नभेटेपछि खोज्ने क्रममा राति ग्ल्यासियरमा शव फेला परेको हो ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij