२०८३, आश्विन २ गते

Sep 18 2026

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै,

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै,

रोज नेपाल
आइतवार, जेठ १० २०८३
रोज नेपाल
आइतवार, जेठ १० २०८३
  • लुम्बिनी । लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १:०० बजे बस्नेछ ।

    प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्ने कार्यसूची तय गरिएको छ ।

    त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले बताएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij